शुक्रबार, बैशाख १४, २०८१

भारत सरकारको निति आयोगद्वारा ईन्जिनीयर बराल सम्मानीत

नयाँ दिल्ली २२,  भारत सरकारद्वारा सञ्चालित विभिन्न योजनाहरु सफलतापूर्व सम्मपन्न गराउन उल्लेखनीय योगदान गरेको भन्दै भारत सरकारको निति आयोगले नेपाली र गोर्खाली समुदाय बिच bbbनिकै लोकप्रिय रहेका ईन्जिनीयर विष्णु बराललाई सम्मान सहित प्रशंसापत्र प्रदान गरेको छ।

भारत सरकारको निति आयोगद्वारा भारतको नोर्थ ईस्टको राजनितिमा निकै बलियो पकड भएको व्यक्तिको रुपमा चिनिने ईन्जिनीयर बराल यसरी प्रशंसा पत्र पाउने उनी पहिलो नेपाली व्यक्ति हुन्।

त्यस्तै ईन्जिनीयर बराललई दिईएको प्रशंसा पत्रमा लेखिएको छ कि विभिन्न राज्यका सम्माननिय सरकारहरुसँग ओफिसर आँन स्पेस्यल डयूटीको रुपमा कार्यरत रहि प्राविधिक विशेषज्ञको रुपमा राज्य योगदान रहेको र दिईएको जिम्मेवारी समयमा पूरागर्ने ओफिसरका साथै उर्जावान, महेनती र प्रोफेसनल रहेको उल्ल्ेख गरिएको रहको प्राप्त समाचारमा उल्लेख रहेको छ ।