शुक्रबार, बैशाख १४, २०८१

बाँके काँग्रेसमा यत्रतत्र सर्वत्र युवा नेतृत्वको आवाज गुञ्जिदै

नेपालगञ्ज ज्येष्ठ ४,   मुलुकमा आएको विनाशकारी शक्तिशालि भूकम्पले आम नेपालीहरु शोकबाट विस्तारै सामान्य जनजीवनमा फर्किन खोजिरहेको यो अवस्थामा सबै नेपाली एकाकार हुँदै सिर्जित भयावह अवस्थाका वीच देशको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस आफ्नो आसन्न १३औं महाधिवेशनको तयारीमा विस्तारै अघि बढीरहेको छ ।
यसैक्रममा देशभरीबाट सक्रिय सदस्यहरुको लगत लिने काम सम्पन्न भइसकेको छ भने केही विवादित जिल्लाको विषयमा पनि केन्द्रले उचित परामर्स सहित समस्या समाधानको पाटोलाई अवलम्बन गर्दै इकाई ,क्षेत्र र जिल्लाको अधिवेशन समयमै सम्पन्न गर्ने कामलाई अघि बढाइएको छ ।

यही प्रसङगमा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको गृह जिल्ला बाँकेमा पनि चुनावी सरगर्मी यहाँको वाह्य तापक्रम ४४ डिग्रि जस्तै रापिलो हुँदैछ । बाँकेमा पार्टी सभापतिकोलागि संस्थापन पक्ष र देउवा पक्षका अलावा अर्का प्रभावशालि नेता खुमबहादुर खड्काको समेत भूमिका रहने गर्दछ । यसको अतिरिक्त यहाँ संस्थापन पक्ष भित्रै धेरै अनुहार अघि देखा परिरहेकाछन् । ती मध्ये बाँकेको सेरोफेरोमा युवा नेतृत्वको आवश्यकता छ भन्ने आवाज बलियो हुँदै गइरहेको छ । जिल्लामा पुस्ता हस्तान्तरणको कुरा अहिले मूख्य वहस र छलफलको विषय बन्दै गइरहेको छ । त्यति मात्रै नभएर परिवारवादका विरुद्ध भन्दै विभिन्न समिकरणका प्रयास पनि भईरहेका छन् ।

Laxmi DAiत्यस्तै काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा युवाको नेतृत्वलाई अघि बढाउने मध्यका एक युवा नेता हुन लक्ष्मी नारायण शाह ।नेपाल विद्यार्थी संङघबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका उनिले युवाहरुको प्रयासले नै देशमा राजनीतिक परिवर्तन आएकाले अव गएको पुस्ताबट पाठ सिक्दै आगामी नेतृत्वको अवसर युवालाई दिइनुपर्ने बताउँदै आएकाछन् । अब पुस्ता हस्तान्तरण हुनुपर्दछ र समय सुहाउँदो सबैलाई समेटेर प्रविधिको समेत प्रयोग गर्दै सङगठनलाई चुस्त दुरुस्त पार्ने गरी पार्टीको पूर्न संरचना गर्नुपर्दछ भन्ने शाह युवा शक्तिलाई देशको सर्वाङगिंण विकासमा प्रयोग गर्नुपर्ने बताउँदछन् ।

०५३मा नेविसङघका तर्फबाट स्ववियु सभापतिको चुनाव लडेका शाह बाँके काँग्रेसमा क्रियाशील हुदै हाल महासमिति सदस्यको जिम्मेवारी निर्वाह गदैछन ।यसरी बाँकेमा महाधिवेशनको महोल बन्दै जाँदा समिकरणका नयाँ प्रयास पनि भइरहेकाछन् भने पार्टी सभापति कोइरालाका भाई स्व.डा.अरुण कोइरालाको देहवसान पछि उहाँकी श्रीमती  किरण कोइरालाले पनि पार्टी सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । उता नेपाल विद्यार्थी सङघबाटै राजनीतिक यात्रा शुरुवात गरेका निरन्जन सिंह सिजापतिले पनि सभापतिको दावेदारी गरी रहेकाछन भने पूर्व सभापति कृष्णमान श्रेष्ठ र युवराज शर्मा सहित सभाषद वादशाह कुर्मिलाई पनि सभापतिको आकाक्षिका रुपमा जिल्लामा लिइएको छ । तर जिल्लामा पुराना पुस्ताहरुको पूनरावृति र परिवारवादको चर्को विरोध छ ।