बिहिबार, बैशाख १३, २०८१

बक्सिङ्ग खेलाडी महर्जनलाई सहयोग

 जगत प्रजापति / काठमाडौं ज्येष्ठ १० ,  गत बैशाख १२ को महाभूकम्पमा आफनो ममतामयि आमा सहित परिवारका अधिकाश सदस्य गुमाउँनुको अलावा बस्दै आएको घर टहरा समेत ���्वस्त भएका भूकम्पपीडित राष्ट्रिय बक्सिङ्ग खेलाडी दिपक महर्जनलाई हाल अमेरिका निवासी मध्यपुर थिमि नगरपालिका १६ लोहकिल्थी निवासी पूर्व राष्ट्रिय बक्सिङ्ग खेलाडी सुदर्शन बुढाथोकीले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । ।

टिकाथली बक्सिङ्ग क्लवको पहलमा बुढाथोकीले अमेरिकाबाट पठाएको सो रकम बुढाथोकीका पिता बासुदेव बुढाथोकीले महर्जनको निवास नैकाप बोसीगाउँ पुगेर शनिवार हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा क्लवका अध्यक्ष एवम पूर्व राष्ट्रिय बक्सिङ्ग खेलाडी प्रकाश थापामगर, प्रशिक्षक प्रविण तुलाधर लगायतको उपस्थिती रहेको थियो ।  भूकम्पले घर भत्किएर महर्जनकी आमा, माईला दाजु, भाउजु र माईला दाईकी छोरीको मृत्यू भएको थियो ।