शुक्रबार, चैत्र १६, २०८०

प्रमुख निर्वाचन आयुक्त उप्रेती सेवानिवृत्त

काठमाडौ ज्येष्ठ १, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण आजदेखि सेवानिवृत्त हुनुभएको छ । निर्वाचन आयोगमा आज nilkantha-upretiआयोजित समारोहमा आयुक्तत्रय दोलखबहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव र इला शर्मा तथा आयोगका कर्मचारीले उहाँलाई विदाई गर्नुभएको थियो ।

विसं २०४८ सालपछिका सम्पूर्ण निर्वाचनमा कुनै न कुनै रुपमा योगदान पु-याउनुभएका उप्रेती २०६३ साल कात्तिकमा निर्वाचन आयुक्त, २०६६ साल जेठमा कार्यवाहक उहाँल २०६८ सालको चैतमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नु भएको थियो ।