शुक्रबार, चैत्र १६, २०८०

पराकम्पन रोकिएपछि क्षमा पूजा गर्दै जात्रा सुरु हुने

ललितपुर ज्येष्ठ ३ , वर्षा र सहकालको देवताको रुपमा पूजिने ललितपुरको १२ वर्षे मेला अन्र्तगको रातो मत्स्येन्द्रनाथको रथजात्रा भूकम्पको पूर्ण पराकम्पन रोकिएपछि मात्र सुरु हुने भएको छ । बताइएको छ ।  गत वैशाख ६ गते रथारोहण गर्दै सुरु गरिएकोे प्रस्तुत जात्रा वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण रोकिएको थियो । त्यसोत विनाशकारी भूकम्पका कारण रातो बुङ्मतीका स्थितमच्छिन्द्रनाथको मन्दिरसमेत पूर्ण क्षति भएको अवस्था छ ।

जात्रा सम्वद्ध विज्ञका अनुसार विगतमा पनि अर्थात विसं १९९० सालको महा भूकम्पको समयमा पनि यस्तै अवस्था सिर्जना भएको र त्यसवेला पनि पराकम्पन रोकिएपछि मात्र रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरेपछि जात्रा सुरुभएको बुझिएको छ।  यसैवीच महाभूकम्पको समयमा मच्छिन्द्रनाथको मन्दिर क्षतिग्रस्त हुँदा मच्छिन्द्रनाथको भोटोलगायत विभिन्न गरगहना हराएको अवस्था छ ।