बिहिबार, बैशाख १३, २०८१

पत्रकार भोम्जनको मृत्युप्रति दुःख व्यक्त

काठमाडौं वैशाख १९,  गत शनिबार आएको विनाशकारी महाभूकम्पबाट नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाका सदस्य तथा महासंघका केन्द्रीय सभासद् सुमन भोम्जनको दुःखद निधन Suman-Bhomjan-230x300भएको छ । भूकम्प आए लगत्तै सम्पर्कविहिन भोम्जनको निरन्तर खोजिपछि उनकै डेरा महाबौद्धमा पुरिएको अवस्थामा शनिबार मध्यान्ह शव फेला परेको हो । महाविपत्तिले देशैभर ठूलो धनजनको क्षति पु -याएको बेला भोम्जनको निधनले महासङंघ स्तब्ध भएको आज जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै शोक विज्ञप्तिमा महासङघले पत्रकार भोम्जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।
यसैवीच पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाले विगत चार वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत खेलकुद पत्रकार सुमन भोम्जनको गत शनिबारको भूकम्पमा परी मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ ।

अत्यन्त मिलनसार, सहयोगी र उत्साही होनाहार पत्रकार भोम्जनको असामयिक निधनप्रति सिङ्गो गोरखापत्र संस्थान परिवार र नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखा मर्माहत भएको प्रतिष्ठानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।