शुक्रबार, बैशाख १४, २०८१

 चौगाउँका भूकम्पपीडितका लागि राहतस्वरूप घर बनाउँदै परमशक्तिपीठ

हजार भूकम्प प्रभावित बालबालिकालाई परमशक्तिपीठले संरक्षण दिने

काठमाडौ ज्यष्ठ ५,  गत बैशाख १२ र २९ गते गएको महाभूकम्पबाट आहत भएक भूकम्प प्रभावित क्षेत्र अन्र्तगत राजधानीबाट नौ किलोमिटर टाढा रहेको धर्मस्थलीस्थित चौगाउँका ७५ परिवार भूकम्पपीडितलाई छिमकी मुलुक भारतस्थित परमशक्तिपीठले राहतस्वरूप ७५ वटा घर बनाइदिने भएको छ ।  विगत केहि साता यतादेखि महाभूकम्प Prabin-1241पिडितहरुका लागि राहत वितरणमा सक्रिय रहदै आएकी नेपाली सिने जगतकी स्थापित अभिनेत्री करिश्मा मानन्धरको संयोजकत्वमा परमशक्तिपीठ नामक धार्मिक संस्थाको सहकार्यमा भवन निर्माण अभियान सुरु गरिन लागेका राजधानीमा सोमबार पत्रकार सम्मेलन जनाकारी दिईएको हो   ।

पत्रकार सम्मेलनमा परमशक्तिपीठ नेपाल सेवा समिति नामक धार्मिक संस्थाको नेपालमा शाखा विस्तार भएसङगै संस्थाकी संयाजक चौगाउँका स्थानीयहरुलाई राहतस्वरूप घर बनाइदिन लागेको जानकारी दिईएको थियो ।  त्यस्तै पत्रकार सम्मेलनमा प्रस्तावित घरको प्रारम्भिक डिजाइन समेत तयार भइसकेको समितिका सदस्य विनोद मानन्धरले जानकारी दिनु भएको थियो भने परमशक्तिपीठ नेपाल सेवा समिति अन्र्तगत नेपाल च्याप्टरकी संयोजक अभिनेत्री करिश्मा मानन्धरले परमशक्तिपीठ नेपाल सेवा समिति र कलाकारको सयुंक्त प्रयासमा सो गाउँमा स्थायी घर बनाउन लागेको बताइन् ।

त्यस्तै परमशक्तिपीठकी माता साध्वी ऋतम्भराले हजार भूकम्प प्रभावित बालबालिकालाई परमशक्तिपीठले संरक्षण दिने घोषणा गरेकी छन् ।