बुधबार, बैशाख १२, २०८१

गुणस्तरहीन खाद्य वितरण गर्नेलाई कारबाही गर्न आयोगद्दारा ध्यानाकर्षण

काठमाडौ ज्येष्ठ १३,  राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रम ९डब्ल्युएफपी०मार्फत उपलब्ध गराइएको चामल गुणस्तरहीन भएको जनाउँदै त्यस्तो चामल वितरण गर्ने निकायलाई कारबाहकिो दायरमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । National-Human-Rights-Commissionकाभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई डब्ल्युएफपीद्वारा उपलब्ध गराइएको चामल सरकारले निर्धारण गरेअनुरुपको गुणस्तरको नभएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको स्पष्ट गर्दै आयोगले त्यस्तो चामल वितरणमा रोक लगाउनसमेत सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले मङगलवार साँझ एक विज्ञप्ति जारी गरी मानिसको स्वास्थ्य तथा जीवनसङग खेलवाड गर्ने संस्थालाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिएको छ । आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालको नेतृत्वमा गएको अनुगमन टोलीले महादेवस्थानको समाजसेवा भवनमा भण्डारण गरिएको चामलको प्रयोगशालामा ल्याएर परीक्षण गरेको थियो ।