बिहिबार, चैत्र १५, २०८०

काँग्रेस भूकम्पपीडित राहत कोषमा रु १५ लाख

काठमाडौ ज्येष्ठ १,  नेपाली काँग्रेस भूकम्पपीडितको राहत तथा पूर्नस्थापनाका लागि सुरु गरको कोषमा अहिलेसम्म रु १५ लाख सङ्कलन भएको छ ।  त्यस्तै काँग्रेस nc jhandaमुख्यालका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपाल तरुण दलले रु ३४ हजार, नेपाली काँग्रेस जनसम्पर्क समितिबाट रु ७५ हजार, नेपाली काँग्रेस म्याग्दीले रु एक लाख एक हजार, राजनप्रसाद पन्तबाट रु पाँच हजार, वसन्तकुमार गौतम रु ८४ हजार ४८१, ह्याप्पी होम प्रालि रु १० लाख, दिव्यमणि राजभण्डारीले रु एक लाख सहयोग गर्नुभएको उल्ल्ेख गरिएको छ ।

गत वैशाख १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेपाली काँग्रेस भूकम्पपीडित सहयोग कोषको नामबाट राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलिएको खाता नं ११३०००३७६३०१ मा खाता खोली रकम सङ्कलन गर्न सुरुगरेको हो ।