बिहिबार, बैशाख ६, २०८१

एमालेले आज आफ्ना नेता भण्डारी र आश्रितलाई सम्झदै

काठमाडौ ज्येष्ठ ३,  २ दशक अघि आजकैदिन दासढुङ्गा दुर्घटनामा परी निधन हुनुभएका एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख  जीवराज आश्रितको स्मृति दिवस केन्द्र तथा मोफसलमा  विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

विसं २०५० मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा उहाँहरूको निधन भएको थियो । तर घटना घटेको २ दशक वितिसक्दा अर्थात घटनामा संलग्नको पहिचान र कारबाही गर्न नसम्नु आफैमा  अचम्को  प्रसङग भएको छ ।  एमाले  पटक–पटक सत्तामा पुग्दा  पनि उक्त घटनाको वास्तविकता खुल्न सकेका छैन ।