बिहिबार, बैशाख १३, २०८१

आज विहानमात्रै ७ धक्का महशुस

काठमाडौ ज्येष्ठ २,  बैशाख १२ गतेको भूकम्पपछि अझैसम्म पनि लगातार पराकम्पन जाने क्रम जारी छ । शनिवार विहान साँढे ९ बजेसम्ममा सात पटक पराकम्पन imagesमहशुस गरिएको भूकम्पमापन केन्द्रले जनाएको छ ।  केन्दैका अनुसार पछिल्लो पटक विहान ९ः३५ मा ललितपुर र मकवानपुर केन्दविन्दु भएर ४ दशमलब २ म्याग्निच्यूडको पराकम्प गएको छ भन शनिवार विहान ९ः२४ मा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प महशूस गरिएको जनाएको छ।

त्यसअघि ६ः३१ मिनेटमा गोर्खा र धादिङ केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पको गएको हो ।  त्यस्तै ६ः११ मा नुवाकोटमा चार म्याग्निच्यूड, ४ः३८ मा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १, ४ः२८ मा दोलखामै ४ दशमलव १ तथा २ः१५ मा गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्नेच्यूडको पराकम्पको धक्का महशूस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।