शनिबार, बैशाख ८, २०८१

आजमात्रै भूकम्प तीन धक्का रेकर्ड , ५ रेक्टरसम्मको पराकम्प

काठमाडौं वैशाख २५,  गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पनि पराकम्पन जानेक्रम जारी छ । यसैक्रममा शुक्रबार अर्थात आज बिहान देखि तीनओटा  पराकम्प रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापनकेन्लेजनाएको छ।  केन्द्रका अनुसार बिहान ६ बजेर १७ मिनेटमा दोलखा–सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ५ म्याग्निच्यूडको पराकम्पको धक्का त्यस्तै गरि आज बिहान ८ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प र यसअघि शुक्रबार बिहान दुई बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ म्याग्निच्यूडको पराकम्प महसुस गरिएको   छ  ।

त्यस्तै  आजै अपरान्ह ३ बजेर ५ मिनेटमा रसुवा-नुवाकोटको सीमालाई केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्पन र  अपरान्ह १ बजेर ३२ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको धक्का काठमाडौंमा महशुश गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै केन्द्रले साना पराकम्पहरु जाने प्रक्रिया सामान्य भएको भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै ५ म्याग्निच्यूडसम्मका धक्काहरु खासै हानीकारक नहुने बताएका छन ।