बिहिबार, चैत्र १५, २०८०

असहज समाचार सामग्री प्रकाशन तथा प्रशारण नगर्न महासङ्घको आग्रह

आचारसंहिताको पूर्णपालना गरी अझ जिम्मेवारीका साथ दायित्व निर्वाह गर्न गर्न महासङ्घको अपिल

काठमाडौं ज्येष्ठ १ , नेपाल पत्रकार महासङ्घले गत वैशाख १२ गते गएको महाभूकम्प र तत्पश्चात लगातार गैरहेका साना ठूला पराकम्पका कारण नेपाल राष्ट्र र नेपाली जनता अहिले पनि महाविपत्तिको अवस्थाबाट गुज्रिरहनु परेको अवस्थामा केही मिडियाबाट आवश्यक सजगता नअपनाई कहिले भूकम्पको भविष्यवाणी त कहिले

FNJ_logo2विश्लेषणका नाममा अनि कहिले एक्स्क्लुसिभ या ब्रेकिङ समाचार भन्दै असहज समाचार सामग्री र विभत्स दृश्यसमेत प्रवाह भएका कारण मिडियाको छबिमै आँच पुग्ने काम गरेको जनाएको छ ।

महासङ्घका महासचिव उजिर मगरद्दारा आजजारी विज्ञप्तिमा पत्रकार आचारसंहिताको पूर्णपालना गरी अझ जिम्मेवारीका साथ दायित्व निर्वाह गर्न अपिल गर्दै असम्बन्धित निकायले मिडिया सामग्रीको निगरानी र विश्लेषण गरी आचारसंहिता विपरित भएको ठहर गर्दै पत्रकार र सञ्चारमाध्यमलाई त्रसित तुल्याउने, प्रकाशन प्रसारण अवरुद्ध गर्ने र पत्रकारलाई नियन्त्रणमा लिने कार्यको भत्र्सना पनि गरेको छ ।

त्यस्तै विज्ञप्तिमा प्रचलित कानुन र अख्तियारप्राप्त निकायबाटै नियमन हुनुपर्नेमा सम्बन्धित सबै सजग र सचेत हुनुपर्नेमा महासङ्घले जोड दिदै विपत्तिको अवस्थामा सञ्चारमाध्यमबाट प्रकाशन प्रसारणलाई निरन्तरता दिँदा कार्यस्थल र त्यहाँ खटिने पत्रकार एवम् कर्मचारीको सुरक्षा जोखिमलाई ख्याल गर्न र जोखिमको मात्रा हेरी सुरक्षा प्रबन्ध मिलाउन पनि सञ्चार प्रतिष्ठान व्यवस्थापन र सरकारसँग महासङ्घले आग्रह गरेको छ ।  यसैगरी, अत्यन्तै जोखिमका साथै कतिपय पत्रकारले त परिवारमा शोक एवम् भौतिक क्षतिका बाबजुद् पनि उच्च व्यावसायिकताका साथ कार्य गरिरहेको अवस्थालाई गम्भीरतापूर्वक मनन् गरी सम्बन्धित पत्रकार, कर्मचारीलाई राहत र प्रोत्साहन दिन पनि सबै मिडिया व्यवस्थापनलाई महासङ्घले आग्रह गरेको छ ।