बिहिबार, चैत्र १५, २०८०

अब मोबाइल क्लिक गरी भूकम्पबारे जानकारी लिन सकिने

काठमाडौ ज्येष्ठ २,  भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स र टोलफ्रि नम्बरको आज खानी तथा भूगर्भ विभागमा आयोजित एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले सुभारम्भ गर्नुभएको छ ।  गत बैशाख १२ गते बाट सुरु भइको भूकम्पको प्रकोपसङगै भुकम्पको जानकारी दिन खानी तथा भूगर्भ विभागको सहयोगमा मनोहरलाल श्रेष्ठले भूकम्पसम्बन्धी उक्त नेपाल अर्थक्वेक अपडेट नामक मोबाइल एप्स बनाउनु भएको हो । प्रस्तुत नयाँ मोवाईल एप्सको सहयोगमा कतिबेला कति रेक्टरको भूकम्प गएको हो सो बारे तुरन्त जानकारी लिन सकिने भएको हो ।

यस्तै मोबाइल एप्स र टोलफ्रि नम्बरको सुभारम्भ कार्यक्रमा भूकम्पबारे जनतालाई सहजरुपमा जानकारी दिलाउनका लागि राष्ट्रिय भूकम्पमापन केन्द्रले नेपाल टेलिकमसङगको सहकार्यमा पैसा नलाग्ने टोलफ्रि नम्बर १६१८०१४४१०१४१को सेवा आजैदेखि सुरु गरेको छ । प्रूतुत नम्बरमा डाइल गरेपछि तत्कालै गएको भूकम्प र केन्द्रबिन्दुबारे जानकारी लिनसकिने कार्यक्रमा जानकारी दिईएको थियो भने हालसम्म चार रिक्टर माथिका २३८ वटा भूकम्पका पराकम्पन गएको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ६२, दोलखामा ५३ र धादिङमा १६ वटा पराकम्पन गएकोजानकारी दिइएको थियो ।