बुधबार, चैत्र १५, २०७९

२७ बुँदे सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित,आजबाट अधिवेशन अन्त्य

काठमाडौ वैशाख ३०, आजबसेको व्यवस्थापिका–संसद् बैठकले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको अकल्पनीय मानवीय तथा भौतिक क्षति तथा भूकम्पपीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणकालागि संसद्मा प्रस्तुत २७ बुँदे सङ्कल्प प्रस्ताव एकताबद्ध भएर राष्ट्रिय विपत्तिको सामना गर्ने सरकारलाई निर्देशन दिदै  व्यवस्थापिका–संसद्को बैठकले सङ्कल्प सर्वसम्मतिले पारित गरेको छ ।

यसअघिको बैठकमा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल र एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेल सो सङ्कल्प प्रस्तावको प्रस्तावक हुनुहुन्छ भने व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका २५ दल र दुई जना स्वतन्त्र सांसद्ले प्रस्तावको समर्थन गर्नुभएको थियो ।

प्रस्तुत प्रस्तावमा भूकम्पपीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न सबै निकायलाई क्रियाशील एवम् प्रभावकारी बनाई समन्वय कायम गर्दै विस्तृत कार्ययोजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने, भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम अविलम्ब उपलब्ध गराउने, भूकम्पमा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपाङ्गता भएका व्यक्तिलाई थप राहत प्रदान गर्ने लगायतका २७ बुँदे प्रतिज्ञाहरुरहेका छन ।   यसैवीच २७ बुँदे सङ्कल्प प्रस्ताव पारित भएलगत्तै आज राति १० बजेपछि  औपचारिक रूपमा अधिवेशन अन्त्य  समाप्त हुने बुझिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930