शुक्रबार, चैत्र १७, २०७९

स्वयम्भूनाथ क्षेत्रको भग्नावशेषमा प्राचीन मूर्ति र सिक्का भेटियो

काठमाडौ ज्येष्ठ १४ , विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथ क्षेत्रबाट भग्नावशेष हटाउने क्रममा प्राचीन महत्वका मूर्ति तथा सिक्कालगायत ५०० IMG_3749sjh_eventPHotograpHY_second earthquake_swoyambhu_2072 IMG_3752sjh_eventPHotograpHY_second earthquake_swoyambhu_2072वस्तु फेला परेका स्वयम्भूनाथ व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनु भएको छ ।

बुद्धाचार्यका अनुसार भग्नावशेषबाट विभिन्न आकारका माटो, ढुङ्गाका मूर्ति, भैरवका मूर्ति, देवताका मूर्ति प्रताप मल्लका पालामा प्रचलनमा रहेका सिक्का फेला परेको प्रहरी र स्थानीयवासीको रोहबरमा ती सामग्री राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको जानकारी दिनुभएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको स्थल स्वयम्भूनाथमा भूकम्पबाट क्षति भएपछि त्यहाँका महत्वपूर्ण सम्पदा भत्किएका छन् भने नढलेका त्यस्ता सम्पदा पनि जोखिममा छन् ।

शान्तिपुर, अनन्तपुर, अग्निपुर पूर्ण ध्वस्त छन् भने प्रतापपुर नभत्किएको भए पनि जग कमजोर भई जोखिम बढेको छ । स्थानीय पुजारीका १७ घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930