बुधबार, चैत्र १५, २०७९

विपदबाट प्रभावित सञ्चारमाध्यम तथा पत्रकारलाई राहत भत्ता उपलब्ध गराउन माग

काठमाडौं, वैशाख २६,  नेपाल प्रेस युनियन काठमाडौं शाखाले गत बैशाख १२ गतेको महाभूकम्पपछिको अवस्थामा पनि अहोरात्र सूचना संप्रेषणमा खटिएका पत्रकार र सञ्चारकर्मीहरुलाई बक्यौता पारिश्रमिक र राहत भत्ता उपलब्ध गराउन माग गरेको छ । युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालद्दारा जारी विज्ञप्तीमा महाभूकम्पका कारण आफन्त गुमाएका वा बसोबासस्थलमा क्षति व्यहोरेका पत्रकारलाई नियमित बिदामा कट्टा नहुनेगरी घरबिदा उपलब्ध गराउन सञ्चार press unionप्रतिष्ठानहरुसङग माग गर्दै राष्ट्रिय विपदपछिको अवस्थामा आ–आफ्नो सञ्चारमाध्यममा क्रियाशील सबै पत्रकार एवं सञ्चारकर्मीहरुलाई यथाशीघ्र बक्यौता पारिश्रमिक र राहत भत्ता उपलब्ध गराउन प्रेस युनियन काठमाडौं शाखा सबै सञ्चार प्रतिष्ठानहरुसंग आग्रह गरेको हो ।

साथै अर्यालद्वारा जारी आफन्त गुमाएका तथा बसोबास स्थलमा क्षति व्यहोरेका पत्रकार एवं सञ्चारकर्मीलाई नियमित बिदाबाट कट्टा नहुने गरी घरबिदा उपलब्ध गराउन समेत माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।  त्यस्तै विज्ञप्तीमा महाभूकम्पका कारण प्रभावित बनेका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुका सन्दर्भमा विशेष व्यवस्था गर्न समेत सरकार र सरोकारवालहरुसंग माग गरेको छ । साथै महाभूकम्पमा परी पिडित भएका पत्रकारहरुलाई विवरण उपलब्ध गराउन आग्रह गर्दै युनियनले महाभूकम्पबाट भएको जनधनप्रति दुःख व्यक्त गर्दै विज्ञप्तीमार्फत विपदको अवस्थामा नेपाली सञ्चारमाध्यम र पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930