सोमवार, चैत्र १३, २०७९

विनाशकारी भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुग्यो

काठमाडौ वैशाख २८,  गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ भने १७ हजार ८६६ घाइते भएका छन् ।IMG_3077sjh_eventPHotograpHY_nepal earthquake_2072गृहमन्त्रलयका अनुसार सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा ३ हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार २२२ को मृत्यु भएको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् । भूकम्पमा परेकाहरुको उद्धार तथा राहतको कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930