सोमवार, चैत्र ६, २०७९

वास्तविक महाभूकम्प पीडित पहिचानकालागि जिप्रकाले कार्डको ब्यवस्था गर्ने

काठमाडौ वैशाख २८,  काठमाडौ जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा गत वैशाख १२ गते आएको महाभूकम्पबाट मृत्यु भएका, भवनहरु पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ । प्रशासन कार्र्लायले तत्काललाई काठमाडौका १० वटा 20150508_20150508__NUP6759_1D_2Dनयाँ नगरपालिकामा सो ब्यवस्था गर्न लागेको खवर आजको नेपाल समाचारपत्र दैनिकले  प्रकाशित गरेको छ ।

आवश्यकताभन्दा अनावश्यक परिवारले विभिन्न निकायको दबाबमा राहत लैजान थालेको गुनासो बढ्न थालेपछि प्रशासन कार्यालयले वास्तविक पीडित पहिचान गरी समानुपातिक रुपमा राहत उपलब्ध गराउने उद्देश्यले कार्डको ब्यवस्था गर्न लागिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए । उनले काठमाडौ महानगरपालिकालाई पनि ब्यवस्थितरुपमा राहत वितरण गराउन कार्ड उपलब्ध गर्न अनुरोध गर्ने बताए ।

यसअघि तारकेश्वर नगरपालिकाले आफ्ना सवै वडामा यसकिसिमको कार्ड वितरण गरिसकेको प्रकाशित खवरमा उल्लेख रहेको छ । सो नगरपालिकाले मृतकको परिवारलाई राता, पूर्ण घर क्षति भएका परिवारलाई सुन्तला रंग र आंशिक घर क्षति भएको परिवारलाई पहेंलो कार्ड वितरण सुरु गरिसकेको उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930