बिहिबार, चैत्र ९, २०७९

लियो फुलबारीमा शाह

काठमाडौं ज्येष्ठ १७ , लियो कल्व अफ काठमाडौं फुलवारीको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको पहिलो सत्रमा यस आवको प्रगति विबरण अध्यक्ष कुलदिप कोइरालाले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष मनिष राज शाहले आर्थिक प्रतिबेदन र सचिव भुवन पौडेलले बार्षिक कार्यक्रमको विबरण प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा आगामी वर्षका लागी मनिष राज शाहको नेतूत्वमा नयाँ कार्य समितिको चयन गरिएको थियो । निर्वाचित नयाँ कार्य समितिको प्रथम,द्दितिय र तृतिय उपाध्यक्षमा क्रमस भुवन पौडेल, अप्सरा पराजुली र सूजना पौडेल बिजयी हनुभएको छ ।

प्रमुख लियो जिल्ला परिषद ३२५ बि २ का अध्यक्ष सुदिप कोइरालाको आतिथ्यतामा सम्पन्न् उक्त कार्यक्रममा गणेश खत्री,तारा प्रसाद गुरागाइ,सम्राट बस्याश्याल लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन सस्थाका सचिव भुवनल पौडेलले गर्नु भएको थियो  ।