आइतवार, चैत्र १९, २०७९

राहत र पुनःस्थापनाका लागि संसदमा विशेष सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सरकारको तयारी

काठमाडौ वैशाख २२ , सरकारले आगामी बिहीबारबाट सुरु हुँने संसद् अधिवेशनमा महाभूकम्प singhadurbarपीडितको राहत, उद्धार र पुनस्स्थापनाबारे विशेष संकल्प प्रस्ताव पेस गर्ने भएको छ। प्रमुख तीन दलको सोमबार बालुवाटारमा बसेको बैठकले पुनस्स्थापनाबारे विस्तृत कार्ययोजनासहितको प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई समग्र रुपमा कसरी व्यवस्थित गर्ने र राष्ट्रिय सङ्कटको यस घडीमा सम्पूर्ण दल एकताबद्ध भएर सङ्कल्पका साथ कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल सहित यस्तो निर्णय भएको भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकमा राहत र पुनःस्थापनाको कार्ययोजनाका साथै उद्धारका लागि विभिन्न मुलुकबाट आएका टोलीलाई धन्यवाद दिई आ–आफ्ना देश फर्कन समेत सरकारले आग्रह गर्ने सहमति पनि भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930