बुधबार, चैत्र १५, २०७९

राहत तथा पुनःस्थापना लागि म.प सदस्यको जिम्मेवारी तोकियो, कसको जिम्मेवारी कहाँ ?

काठमाडौ उपत्यकाको जिम्मेवारी उपप्रम सिंहलाई

काठमाडौ ज्येष्ठ ४, गत विहीवार सम्पनन मन्त्रीपरिषदको बैठकको निर्णय अनुरुप सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना लागि मन्त्रिपरिषद्का ११ जना singhadurbarसदस्यहरुको जिम्मेवारी तोकिएको छ । यसरी तोकिएको जिम्मेवारी अनुरुप उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई काठमाडौँ उपत्यकाका तीन जिल्ला हेर्ने गरि जिम्मेवारी दिईएको छ भने वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यलाई तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र बाग्लुङको जिम्मेवारी दिइएको छ ।

त्यस्तैगरि सञ्चारमन्त्री तथा सरकार प्रवक्ता डा मीनेन्द्र रिजाललाई काभ्रेपलाञ्चोक, ऊर्जामन्त्री राधा ज्ञवालीलाई धादिङ, सिँचाइ मन्त्री एनपी साउदले ओखलढुङ्गा र सोलुखुम्बुको ेजिम्मेवारी दिईएको छ भने सहरी विकासमन्त्री डा नारायण खड्कालाई लुम्बिनीको जिम्मेवारी दिइएको छ ।

यसैगरी भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानालाई दोलखा, कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सिन्धुपाल्चोक, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई रसुवा र नुवाकोट, महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीलाई चितवन र मकवानपुर, उद्योगमन्त्री महेश बस्नेतलाई रामेछाप र सिन्धुली तथा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई गोरखाको जिम्मेवारी को जिम्मेवारी दिइएको छ ।त्यस्तै म.प सदस्यलाई तोकिएका स्थानबाहेकका क्षेत्रको अनुगमन उप तथा गृहमन्त्री वामदेव गौतमले   गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930