बिहिबार, चैत्र ९, २०७९

राहत तथा पुनःस्थापना लागि उपप्रम सिहं नेतृत्वको टोली बसन्तपुरमा

काठमाडौं ज्येष्ठ ८, काठमाडौं बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्प र त्यसपछिको श्रृखलावद्ध पराकम्पनका कारण उजाड भएको IMG_3726sjh_eventPHotograpHY_second earthquake_2072राजधानीको बसन्तपुर दरवार क्षेत्रको विहिवार उपप्रम प्रकाशमान सिह लगायत स्थानीय क्षेत्रबाट निर्वाचित सभाषदको टोलीले निरिक्षण गर्नु भएको छ ।

विनासकारी महाभूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना लागि सरकारले मन्त्रिपरिषद्का ११ जना सदस्यहरुको लागि तोकको जिम्मेवारी अनुरुप उपप्रधानमन्त्री प्रकाशमान सिंह सहितको सभासद् टोलीले राजधानीको बसन्तपुर दरवार क्षेत्रको निरिक्षण गर्नु भएको हो । टोलीमा काँग्रेस केन्द्रीय सदसस्य नविन्द्र जोशी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।