शुक्रबार, चैत्र १७, २०७९

राहतका नाममा भ्रष्ट्राचार गर्नेलाई जेल हाल्ने प्रधानमन्त्री कोइरालाको चेतावनी

काठमाडौ बैशाख ३१ राष्ट्रिय सहकारी सङघ लि.का तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प susilपीडितहरुलाई राहत, पुर्नस्थापन र पुर्ननिर्माणमा भ्रष्ट्राचार गर्नेलाई जेल हाल्ने चेतावनी दिनुभएको छ ।  महासङघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैया सहयोग गरेको छ । अज बिहान प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रम सङघका अध्यक्ष माननीय केशव बडालले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा प्रधानमन्त्री कोइरालाले नेपालीमा एकर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने सुसंस्कार रहेको उल्लेख गर्दै भूकम्पले मुलुकमा ल्याएको विपद्को सामना गर्न सङघ लगायत नेपाली संस्थाहरुले उदार हृदयले गरेको सहयोगको प्रशंसा गर्दै राहत वितरणमा निष्पक्ष्यता कायम राख्न सम्बद्ध अधिकृतहरुलाई निर्देशन दिइसकेको बताउँनु भएको उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930