शनिबार, चैत्र १८, २०७९

महासङघद्दारा भूकम्प क्षति तथा आफन्त गुमाएका पत्रकारहरुको अवस्था बुझ्दै

काठमाडौं बैशाख २४ , नेपाल पत्रकार महासङघको केन्द्रीय प्रतिनिधी मण्डले गत बैशाख १२ गते गएको विनाशकारी महाभूकम्प र त्यसपछि श्रुखलावद्धरुपमा गएको FNJ_logo2भूकम्पले मुलुकको विभिन्न जिल्लामा पुयाएको क्षतिको स्थलगत अध्येयन गरेको छ ।

महासङघका अध्यक्ष डा।महेन्द्र बिष्टको नेतृत्वमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङघका अध्यक्ष गोविन्द आचार्य, महासंघका महासचिव उजिर मगर लगायत जिल्लाका शाखा अध्यक्ष तथा अगुवा पत्रकारहरू सहभागी उक्त भ्रमण टोलीले धादिङ्ग, रसुवा र नुवाकोटको स्थलगत भ्रमण गरी महाभूकम्पमा परी भएको क्षतिको अध्ययन गर्नुका साथै विपत्तिमा परेका पत्रकारलाई सान्त्वना दिनुको अलावा बुधवार स्थानीय सञ्चारमाध्यम र संचारकर्मीको भौतिक सम्पत्तिमा भएको क्षतिका बारेमा पनि जानकारी लिएको आज जारी प्रेस प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै महासङघको तर्पmबाट आजै भुकम्पबाट श्रीमती गुमाएका मजद्ूर दैनिकका प्रधान सम्पादक सरोजराज गोसाईंसङग भेट गर्दै सान्त्वना दिएको जनाउँदै गत २१ गते महासङघले काभ्रे र सिन्धुपाल्चोकको स्थलगत भ्रमण गरी महाभूकम्पमा परी भएको क्षतिको अध्ययन गर्नुका साथै आफन्त गुमाएका पत्रकारलाई सहयोग र सान्त्वना सहित समवेदना प्रकट गरेको उल्लेख गरेको छ । हालसम्म प्राप्त जानकारी अनुसार महाभूकम्पबाट एक जना पत्रकारले जीवन गुमाएका छन् भने एक दर्जनभन्दा बढीले नजिकका आफन्त गुमाएका छन् । यस्तै ५ सयभन्दा बढी पत्रकार र सञ्चारमाध्यमको भौतिक क्षति भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930