शनिबार, चैत्र १८, २०७९

महाभूकम्पका १६ हजार घाइतेको उपचार गरेर इजरायली मेडिकल टिम आइतवार स्वदेश फर्के

काठमाडौं बैशाख २८,   गत बैशाख १२ गते गएको कहालि लाग्दो महा भूकम्पबाट अहात बनेका नेपालीहरुको उद्दारका लागि इजरायली सरकारले पठाएको मेडिकल टिमले

नेपालका करिब १६ हजार घाइतेलाई उपचार गरि आइतवार स्वदेश फर्केको छ । इजरायली सरकारको समन्वयमा इजरायली सेना र अन्य क्षेत्रबाट आएका करिब २ सय ८० जनाको टोलीले बैशाख १४ गते राजधानीको छाउनीमा अस्थायी अस्पताल स्थापना गरी उपचार गरेको हो ।

स्वदेश फिर्ने क्रममा आयोजित एक कार्यक्रममा करिब दुई साता लामो उपचारका क्रममा देशका विभिन्न जिल्लामा गएको भूकम्पमा परी घाइते भएका करिब १६ हजार व्यक्तिको उपचार गरिएको जानकारी दिदै टोलीले महाभूकम्पपीडित घाइतेलाई पालभित्रै आईसियु, सिसियु, अप्रेसन थिएटर, बर्थिङ्ग सेन्टरजस्ता अत्याधुनिक तथा गुणस्तरीय सेवा उपलब्ध गराएको त्यस अवसरमा जानकारी दिएको थियो ।

इजरायली सेनाको सो टोलीलाई एक कार्यक्रम गरी शहरी विकास मन्त्री डा। नारायण खड्काले धन्यवादसहित बिदाई  गर्दै मन्त्री खड्काले राष्ट्रिय विपत्तिका बेला इजरायली सेनाले गरेको यो सहयोगले नेपाल इजरायलबीचको करिब ६ दशक लामो सम्बन्धलाई थप सुमधुर र बलियो बनाएको धारणा राख्नु भएको जारी  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930