काठमाडौ ज्येष्ठ १४, गत बैशाख १२ गतेको महाभूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथ क्षेत्र । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको स्थल स्वयम्भूनाथमा महाभूकम्प बाट शान्तिपुर, अनन्तपुर, अग्निपुर पूर्ण ध्वस्त छन् भने प्रतापपुर नभत्किएको भए पनि जग कमजोर भई जोखिम बढेको छ । स्थानीय पुजारीका १७ घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।