सोमवार, चैत्र १३, २०७९

भूकम्प पीडित पत्रकारलाई आइजीसी फाउण्डेशनको सहयोग

काठमाडौ बैशाख २७ , नेपाल पत्रकार महासङघले गत बैशाख १२ को महाभूकम्पबाट अति प्रभावित पत्रकारहरूलाई तत्कालीन राहतस्वरूप टेन्ट तथा अन्य अत्वाश्यक सामग्री वितरण गरेको छ । महासङघ केन्द्रमा दैनिक नेपाल डटकम मार्फत आइजीसी फाउण्डेसनबाट प्राप्त १०० थान त्रिपालमध्ये महासङघ काठमाडौं शाखामार्फत ५०, ललितलुर शाखामार्फत १७, भक्तपुर शाखामार्फत १६, मैत्री एफएम प्रतिष्ठान शाखामार्फत ७ वटा त्रिपाल वितरण गर्ने गरि महासङघका अध्यक्ष डा.महेन्द्र विष्टले वितरण शाखा अध्यक्षयहरुलाई हस्तान्तरण गर्नुृ भएको छ । साथै अध्यक्ष डा. विष्टले त्यसअवसरमा महासङघलाई त्रिपाल उपलब्ध गराउने संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएका थियो ।

त्यस्तै गृहमन्त्रालयबाट महासङघलाई प्राप्त त्रिपाल १८० थान, चाइनिज टेन्ट ४ थान, म्याट्रिस् १० थानसहितका राहत सामग्री भूकम्पपीडित पत्रकारहरूलाई महासंघका शाखामार्फत वितरणका लागि उपाध्यक्ष खिलबहादुर भण्डारी, साथै कोषाध्यक्ष सूर्यमणि गौतम, लेखा समिति संयोजक दीपक पाण्डेलगायतका संलग्न टोलीले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीतर्फ प्रस्थान गरेको आज जारी प्रेसविज्ञप्तिमा उल्लेख गरिएको छ।  फोटो :दैनिक नेपाल.कम

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930