काठमाडौ ज्येष्ठ ५, गृह मन्त्रालयले गत वैशाख १२ गतेको भूकम्पमा परी ८ हजार ४६८ जना र २९ गतेको भूकम्पमा परी १४९ जनाको मृत्यु भएको पछिल्लो विवरण सार्वजनिक गरेको छ । त्यस्तै मन्त्रालयले भूकम्पबाट घाइते भएका मध्ये छ हजार ६६ जनाको उपचार भइरहेको र ८ हजार ५४४ जनाको शव आफन्तलाई बुझाइएको जानकारी सार्वजनिक गरेको छ ।