काठमाडौँ वैशाख २२, गोकर्णेश्वर नगरपालिकाका भित्र महाभूकम्पबाट पूर्णरुपमा क्षति भएका उक्त नगरपालिकाका विभिन्न वडा समिति स्थित घरको मर्मतसम्भार तथा वैकल्पिक बसोबासको व्यवस्था गर्न नगरपालिकाले एक बन्डल जस्तापाता उपलब्ध गराइने तयारी गरेको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएका नगरपालिकाका बासिन्दालाई नगरपालिकाले आफ्नो कोषबाट सहयोग स्वरुप त्रिपाल भन्दा जस्तापाताले कम्तीमा १० वर्षसम्म धान्न सक्ने ठहर गर्दै एक बन्डल जस्तापाता प्रदान गर्ने निर्णय गरेको जानकारी उक्त नगरपलिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।