बिहिबार, चैत्र ९, २०७९

भूकम्पपीडितका लागि स्वास्थ्य शिविर

काठमाडौं ज्येष्ठ १४,  शङ्खधर बचत तथा ऋण सहकारी संस्था लि, नेपाल किड्नी फाउन्डेसन नेपाल, ब्रेस्ट क्यान्सर फाउन्डेसन र ट्रेक मेडिक अष्ट्रेलियाको आयोजनामा बुधवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

मध्यपुरथिमीस्थित आदर्श उच्च माविको प्राङ्गणमा भएको उक्त शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिनाका साथै आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।  कार्यक्रममा नेपाल किड्नी फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले भूकम्पका कारण घाइते भएका र सन्त्रासमा बसेका सर्वसाधारणलाई लक्षित गरी शिविरको आयोजना गरिएको बताउनुभयो ।

यसअघि पनि उक्त संस्थाले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ बुङगमति, भक्तपुरलगायतका भूकम्पबाट अति प्रभावित जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको जनाएको छ।