काठमाडौं ज्येष्ठ १०, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आज भूकम्पबाट क्षतिग्रस्त भएको ललितपुर खोकना बुगङमति क्षेत्रको निरक्षण गर्नुभएको छ । आज उहाँले त्यस क्षेत्रमा गत बैशाख १२, २९ र यसवीचमा अविराम जाँदै गरेको पराकम्पनका कारण क्षति ग्रस्त भएको भौतिक संरचनाको स्थलगत अवलोकन गर्नुभएको हो ।
त्यस्तै उहाँले त्यस क्षेत्रमा भईरहेको राहत वितरण, जोखिम युक्त घर हटाउने प्रयास, अस्थायी बसोबासका लागि भैरहेको प्रयासको जानकारी लिदै खोकना र बुगङमति क्षेत्रको एेतिहासिकताको पुननिर्माणमा सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभएको बुझिएको छ ।