सोमवार, चैत्र १३, २०७९

कुटनीतिक मर्यादा विपरित सम्पादकलाई धम्क्याएकोमा महासङघको आपत्ति

FNJ_logo2काठमाडौं वैशाख २६, नेपाल पत्रकार महासङघले बरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक कर्मचारीले कुटनीतिक मर्यादा विपरित धम्क्याएको घटनाप्रति आपत्ति सहित गम्भीर ध्याकर्षण् भएको जनाएको छ। महासङघका महामचिव उजिर मगरद्दार आज जारी विज्ञप्तिमा सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारलाई लिएर पीत पत्रकारिता गरेको आरोप लगाउँदै धम्काएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित धम्क्याउनु निन्दनीय भएको भन्दै महासङघले नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा सम्पादकलाई आरोप लगाइनु आफैमा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो प्रहार भएको ठहर गरिएको छ ।

त्यस्तै प्रकाशित समाचार आफू अनुकुल नहुँदैमा सञ्चारकर्मीलाई आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन नसक्ने भन्दै घटनाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930