शुक्रबार, चैत्र १७, २०७९

किड्नी फाउन्डेसनद्वारा महाभूकम्प प्रभावित क्षेत्रमा स्वास्थ शिविर

काठमाडौ ज्येष्ठ १,  नेपाल किड्नी फाउन्डेसनले भूकम्प प्रभावित क्षेत्र अन्र्तगत जितपुरफेदी गाविसमा निःशुल्क स्वास्थ तथा राहत शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभएको छ ।
संयोजक उप्रेतीका अनुसार  त्यस क्रममा फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले महाभूकम्पबाट अहातभएका ६५ परिवारलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु वितरण गर्नु भएमने थियो । त्यस्तै त्यस क्षेत्रमा महाभूकम्पबाट आहात भएका पिडितहरुलाई लक्षित गरि आयोजित निःशुल्क स्वास्थ्य शिविरमामा विपन्न १४३ जनाको स्वास्थ परीक्षण गरी आवश्यक औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको संयोजक उप्रेतीले जानकारी दिएका छन ।

त्यस्तै गत वैशाख १२ गतेको भूकम्प पछि संस्थाले काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा राहत सामग्री वितरण तथा निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्दे आएको संस्थाका संयोजक गणेश उप्रेतीले जानकारी दिनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930