सोमवार, चैत्र ६, २०७९

किड्नी फाउन्डेशन द्धारा ६०लाखको राहात वितरण

काठमाडौं ज्येष्ठ ८ ,  नेपाल किड्नी फाउण्डेशनले गत बैशाख १२ र २९ गते महाभूकम्प र त्यस पछिको श्रुखलावद्ध पराकम्पनबाट आहत भएका दोलखा IMG_2739जिल्ला  भिमेश्वर–९ का स्थानीयहरुका लागि स्वास्थ शिविर सहितको राहत वितरण गरेको छ । कार्यक्रममा २३५ परिवारका लागि खाद्यान्न लगाएत दैनिक उपभोगका बस्तुहरु पनि वितरण गरिएको थियो । सोहि अवसरमा नेपाल किड्नी फाउण्डेशनको चिकित्सक टोलिले ४१५ जनालाई स्वास्थ परिक्षण गरि आवश्यक सेवा उपल्वध गराई २३५ परिवार लाई राहात वितरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ   ।

त्यस्तै उपचारमा संलग्न चिकित्सका अनुसार स्वास्थ परिक्षणका क्रममा मानसिक तनावमा रहेका विरामीहरु धेरै भेटिएको र भुकम्पको डर त्रास र क्षतिका कारण यस्तो तनावको स्थिती लामो समय सम्म रहनेहुदाँ भुकम्प प्रभावित क्षेत्रमा राहात र पुनःनिमार्ण सगै मनोवैज्ञानीक परामर्श सेवा पनि संचालन गरिनुपर्ने फाउन्डेशनका संस्थापक अध्यक्ष डा. शक्ति वस्नेतलाई उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।

किड्नी फाउन्डेशनले यसअघि पनि भूकम्प प्रभावित क्षेत्र अन्र्तगत देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ शिविर तथा राहात वितरण गर्देे आएको जानकारी दिदै कार्यक्रम संयोजक गणेश उप्रेतील काभ्रेको कोशिदेखा गा.वि.स.मा गरिएको निःशुल्क स्वास्थ परिक्षण तथा कम्वल, त्रिपाल तथा राहात वितरण गरिएको जानकारी दिदै अहिलेसम्म फाउन्डेशनले  ६०लाखको राहात वितरण गरिसकेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930