बुधबार, चैत्र १५, २०७९

काठमाडौं पत्रकार महासङघद्दारा राहत स्वरुप पत्रकारलाई त्रिपाल वितरण

 घर वाहिर वस्दा प्रयोग गरेका त्रिपाल फिर्ता गर्ने नैतिकता देखाईदिन प्रजिअ एकनारायण अर्यालको आग्रह्

भुकम्पवाट मानविय क्षति ब्यहोरेका शाखाका साधारण सदस्य प्रकाश शर्मा नेपाललाई ५ हजार आर्थिक सहयोग

काठमाडौं  बैशाख २८,  नेपाल पत्रकार महासङघ काठमाडौं जिल्ला शाखाले आज मिति २०७२ साल वैशाख २८ गते काठमाडौं जिल्ला शाखामा आवद्ध पत्रकार तथा विभिन्न सञ्चारमाध्यममा कार्यारत पत्रकारहरुलाई त्रिपाल वितरण गरेको छ । १ सय ५० पत्रकारलाई लक्षित गरी वितरण गरिएको त्रिपाल ६० जनाले वुझेको शाखाद्दारा जारी IMG_3522sjh_eventPHotograpHY_nepal earthquake_rahat_fnj_ktm_2072 IMG_3523sjh_eventPHotograpHY_nepal earthquake_rahat_fnj_ktm_2072 IMG_3533sjh_eventPHotograpHY_nepal earthquake_rahat_fnj_ktm_2072 IMG_3539sjh_eventPHotograpHY_nepal earthquake_rahat_fnj_ktm_2072विज्ञप्तिमा उल्लेख रहको छ । त्यस्तै विज्ञप्तिमा जिल्ला शाखा परिसरमा आयोजित एक अनौपचारिक कार्यक्रमका वीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले पत्रकारलाई उपलब्ध गराउन महासङघलाई त्रिपाल हस्तानतरण गर्नुभएको थियो ।

जिल्ला शाखाले भुकम्पवाट मानविय क्षति ब्यहोरेका शाखाका साधारण सदस्य प्रकाश शर्मा नेपाललाई ५ हजारको आर्थिक सहयोग पनि गरेको छ । उहाँका आमा लक्ष्मी नेपालको निधन र वहिनी उषा नेपाल गम्भिर विरामी भई उपचाररत रहेको र सिन्धुपाल्चोकको लामासाघुमा रहेको घर समेत पूर्ण रुपमा क्षतिग्रस्त भएको अवस्थालाई मध्यनजर गरेर सो राशी वरावरको आर्थिक सहयोग गरिएको हो । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले भुकम्पका वेला नेपाली सञ्चारमाध्यमले ज्यान जोखिममा राखेर समाचार संकलन र सम्प्रेषण गरेको भन्दै नेपाली सञ्चारमाध्यमको प्रसंसा गर्नुभएको थियो । भारतीय सञ्चारमाध्यमको तुलनामा नेपाली सञ्चारमाध्यमले भुकम्पको रिपोटिङका क्रममा परिपक्वता देखाएको भन्दै उहाँले सञ्चारमाध्यमको प्रसंसा गर्नुभयो । नेपाली पत्रकारहरुले ज्यान जोखिममा राखेर भएपनि आफनो पेशामा लगनशिलता देखाएको उहाँको भनाई थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण आर्यालले कोही पनि पत्रकारहरु राहतवाट वन्चित हुन नपर्ने भन्दै पत्रकारसँगै प्रशासन कार्यालय सहकार्य गरेर राहत अभियानमा जुटन तयार रहेको जानकारी दिनुभयो । उपत्यकावासीले १२ गते घरवाहिर निस्कदा लगेको त्रिपाल फिर्ता नगर्दा पालको अभाव देखिएको भन्दै अर्यालले भुकम्पको पहिलो दिन घर वाहिर वस्दा प्रयोग गरेका त्रिपाल फिर्ता गर्ने नैतिकता देखाईदिन आग्रह् गर्नुभयो ।

शाखाका अध्यक्ष गोविन्द चौलागाईले विपद्का वेला पत्रकारहरुको साथमा महासङघ सदैव सक्रिय भएर लागिरहने वताउनुभयो । जिल्ला शाखाले पत्रकारको पीडामा मलमपट्टी लगाउन पहलकदमी लिएको वताउनुभयो । महासङघले आगामी दिनमा पनि पीडित पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । यस अघि २५ वैशाखमा काठमाडौं जिल्ला शाखाले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्वर ११ वैखु टोलका भुकम्प पीडित ४० घर परिवारलाई खाध्यान्न लगायतका सामाग्री वितरण गरेको शाखा सचिव रामकृष्ण अधिकारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930