सोमवार, चैत्र ६, २०७९

उद्धारको नाममा हस्तक्षेप भएको भन्दै प्रदर्शन

 काठमाडौं बैशाख  १९ ,  गत शनिबार भएको विनाशकारी भूकम्पबाट सिर्जित महाविपतको फाइदा उठाएर भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ । एक साताअघि गएको भूकम्पमा परेर पीडित बनेकाहरुको उद्धार तथा राहत वितरणमा DSC_0541सहयोग गर्न आएको भारतीय सेनाहरुले हतियारसहित राजधानीमा हिडडुल गरेर आतंक फैलाउने जस्ता कार्य गरेर सानो मुलुकमाथि गरिएको हस्तक्षेप बन्द गर्न माग गर्दै चलचित्रकर्मी, नाटककार तथा युवाहरुको समुहले राजधानीको पुतलीसडकमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

अपरान्ह ३:३० बजे सुरु भएको प्रदर्शन एक घण्टासम्म चलेको थियो । त्रिभुवन विमानस्थलमा भारतीय सेनाका विमान पार्किङका कारण अन्तर्राष्ट्रिय दातृ निकायबाट प्राप्त सहयोग काठमाडौंमा उतार्न नसकिएको भन्दै विभानस्थलमा पार्किङ गरिराखिएको भारतीय सेनाको जहाज हटाउन माग गरिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्

। प्रदर्शनकारीहरुले ‘भोकै मर्न तयार छौं स्वाभिमान गुमाउँदैनौं, भूकम्प पीडितलाई सहयोग गर्ने नाममा भइरहेको भारतीय हस्तक्षेप बन्द गरियोस् ।’ लेखिएका प्लेकार्ड बोकेका थिए । चलचित्र निर्देशक मोहन निरौला, माउन्ट फायर थिएटर ग्रुपका सुरज अधिकारीको नेतृत्वमा युवाहरुले भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा स्थानीयबासीहरुले समेत समर्थन जनाएका छन् । महाविपदको समय भएकोले आफूहरुले सांकेतिक रुपमा प्रदर्शन गरेर तत्काल सच्याउन आग्रह गरेको तर, यही शैलीमा खुलेआम भारतीय हस्तक्षेप जारी रहेमा आगामी दिनमा थप शसक्त कार्यक्रम लिएर सडकमा आउन बाध्य हुने निरौलाले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930