बिहिबार, चैत्र ९, २०७९

आजदेखि राष्ट्रिय नाट्य महोत्सव सुरु, नाट्य संस्था महासङघद्दारा आपत्ती प्रकट

काठमाडौं वैशाख ६, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि राष्ट्रिय नाट्य महोत्सव–२०७२’ सुरु भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा मङ्गलबारसम्म चल्ने महोत्सवको उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ ।

महोत्सवअन्तर्गत आजको उद्घाटन समारोहमा नारायणी कला मन्दिर, चितवनको प्रस्तुति ‘सकस’ प्रदर्शन गरियो भने दोस्रो नाटक झोराहाट नाट्य समूह मोरङको ‘धुपेनको धुइयाँ’ प्रदर्शन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ। 40184_148768631819824_2322913_nत्यस्तै गरि भोलि पाथिभरा देवीको उत्पत्ति, मान्छे बन्ने रहर लगायतका नाटक प्रदर्शन गरिने र नाटक प्रेमी दर्शकहरुले नाटक हेर्नका लागि कुनै शुल्क तिर्न नपर्ने आयोजक समितिले जानकारी दिएका छन् ।

यसैवीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज देखि सुरु भएको राष्ट्रिय नाट्य महोत्सवमsf] सवालमा नाट्य संस्था महासङघद्दारा गम्भीर ध्यानाकर्षण भन्दै महोत्सवको लागि आयोजक संस्था द्वारा अवलम्बन गरिएको स्क्रिप्ट छनोट मापदण्ड , नाट्य समूह छनोट बिधि र प्रक्रिया तथा खर्च सम्बन्धि निर्णय अलोकतान्त्रिक र अपारदर्शी भएको भन्दै आपत्ती प्रकट गरेका छन ।

त्यस्तै आयोजक  संस्थाद्दारा देशभरिका रङगकर्मी सहभागी हुँन पाउँने अधिकारमाथि घात गरेको आरोप लगाएका छन । साथै मनोमानी रुपमा आफु निकटका नाट्य संस्थाहरुलाई मात्र सहभागी गराई सुरु गरिएको प्रस्तुत महेत्सव स्थगित गरि वास्तविक सरोकारवाला संस्थाहरुको प्रतिनिधित्व गराई पारदर्शी ढंगले नाट्य महोत्सवको नया मिति घोषाणा गर्न  माग गरेको छ ।  नाट्य संस्था महासङघका अध्यक्ष विजय बिष्फोटले आज सामाजीक सञ्जालमार्फत जारी विज्ञप्तिमा प्रस्तुत महोत्सवलाई अस्विकार गर्न समस्त नाट्य संस्था र स्वतन्त्र रङगकर्मी र तथा नाटकप्रेमी दर्शकहरुलाई अपिल गरेको हो।