बिहिबार, बैशाख १३, २०८१

घुस लिँदालिँदै गरेको अवस्थामा नापी सर्वेक्षक पक्राउ

काठमाडौं वैशाख ६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँकेमा आज सेवाग्राहीसङग घुस लिँदालिँदैको अवस्थामा नापी सर्वेक्षक  देवेन्द्रप्रसाद कुम्हारलाई घुस लिँदालिँदै पक्राउ गरेका छन् ।

नापी कार्यालय बाँकेमा कार्यरत सर्वेक्षक कुम्हारले जग्गाको हाल साविक कित्ताकाट गरिदिनेकाम गरेपावट रु १० हजार घुस लिँदालिँदै गरेको अवस्थामा पक्राउ गरेको आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ ।

लाखौँ रकम हिनामिना गरेको  अभियोगमा  लामालाई निलम्बन गर्न निर्देशन :

यसैवीच आयोगले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, डीनको कार्यालयअन्तर्गत कार्यरत मुख्य कार्यालय सहायक उर्मिला लामाले कार्यालयको लाखौँ रकम हिनामिना गरेको भन्दै निलम्बन गर्न निर्देशन दिएको छ । शिक्षण अस्पतालले विदेशी विद्यार्थीका लागि आवश्यक पर्ने इलेक्टिभ कोर्षमा तोकिएको शुल्कमा लामाले लाखौँ रकम हिनामिना गरेको आयोगले जनाएको छ ।  विदेशी विद्यार्थीबाट सो कोर्षका लागि निर्धारित शुल्कभन्दा बढी लिई विश्वविद्यालयको कोषमा दाखिला नगरी हानीनोक्सानी गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।