शुक्रबार, चैत्र १६, २०८०

सिन्दुर जात्रा सहित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइयो (फोटो फिचर )

काठमाडौँ वैशाख २,  बिस्केट जात्राको छैठौ दिन आज मध्यपुर थिमिको बालकुमारीमा एकाबिहानै साथ ३२ खटसहितको सिन्दुर जात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ गरिएको हो।  जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।  त्यस्तै सिन्दुर जात्रा मनाइने क्रममा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन बोकेको येजात्रामा धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गरिएको थियो ।

5

2 3 4

आजै थिमीको बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्राकोपनिआयोजना गरिएको छ । आज थिमी बोड–१ का ३६ वर्षीय जुजुभाई बाँसश्रेष्ठले सातौं पटक जिब्रो छेडेका हुन । कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो साढे २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले सयौं मानिसहरूकै अगाडि श्रेष्ठको जिब्रो छेडिएको थियो ।

6 7 8 9 10 11