बिहिबार, बैशाख ६, २०८१

वर्ष ०७२ संविधानमय वर्ष बनोस

हाम्रो विचार :

विसं २०७१ को बिदाइ र नयाँ वर्ष २०७२ सालको स्वागतको यस घडीमा विगतबाट सिक्दै भविष्यको लागि नयाँ आयाम कोर्नुनै आफैमा महत्वपूर्ण पक्ष हो NEW YEAR 2072भन्ने हाम्रो बुझाइरहेको छ । यसवीचमा यो वा वा त्यो बहानामा मुलुकलाई जसले जहाँ जसरी मुलकको सम्पूर्ण प्रक्रियालाई अवरुद्ध गरे वा गर्दै आईरहेका छन त्यो आफैमा क्रमस नाङगिने क्रममा रहेको अवस्था स्वभाविक रुपमा देखिएको छ ।

 हुनत वर्ष ०७१को माघ ८ लाई आम नेपालीहरुले वर्षकै उतकृष्ट एवम उपलब्धिमुलक दिनको रुपमा स्विकार गर्ने आशा र अपेक्षा सङगालेका थिए तर  त्यो  अपेक्षा मुलुकका राजनीतिकदलहरू वीच देखिएको बेमेल र खिचातनीका  कारण जिजिवीसामा रुपान्तरित हुन पुगे र मुलुकमा निर्धारित मितिमा संविधान जारी हुन सकेन ।

मुलकमा नयाँ संविधान जारी हुन नसकेको यो निराशाजनक अवस्था विद्यमन रहेकै अवस्थामा द्वन्द्वकालमा बेपत्ता भएकाहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन र रिक्त रहँदै आएका संवैधानिक निकायहरूले पूर्णता पाएका छन् । राजदूतहरूको नियुक्तिलगायतका प्रसङगले पूर्णता पाएको पक्षले भने केहि हद सम्मभए पनि आश र उमङगको वातावरणलाई  प्रक्षेपण नगरेको भने होईन । त्यस्तै अल्पमत बहुमतको नाममा आन्दोलनमा होमीएका प्रतिपक्षदलहरुले आव्हान गरेको संघर्षका कार्यक्रम स्थगित गर्दै संवादमा फर्किन र सत्तामा रहेका दलहरू पनि गम्भीर हिसाबले समस्या समाधानतर्फ उन्मुख हुनुलाई पनि यसवीचमा सकारात्मक नै मान्नुपर्छ ।

यद्यपी आजको दिन अर्थात वर्ष २०७१ विषयमा मात्र केन्द्रीत हुँनुभन्दा पनि समग्रमा गत वर्षमा भएका सकारात्मक परिवर्तन र त्यसका लागि बनेका आधारहरुले वर्ष ०७२ मा निर्णायक परिणाम चुम्न सकोस विशेष गरि मुलकका राजनीतिक दलहरूवीच व्याप्त बेमेल र मतभेदहरु समाप्त हँदै जाओस भन्ने कामना सहित नव वर्ष २०७२ नयाँ संविधानको वर्ष बनोस भन्ने कामना गदै वर्ष २०७२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा kantipurhotline.com   न्यूज पोर्टलका आदरणीय पाठकवर्ग एवम् विज्ञापनदाताहरुमा  सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । hotline shreejan sign