शनिबार, चैत्र १८, २०७९

म दलको नभई मुलुकको राजदूत हुँ : उपाध्याय -नव नियुक्त राजदुत, भारत

 दिल्लीमा पत्रकार महासङघको शाखा  खुल्दै 

काठमाडौं चैत्र २९,   नेपाल पत्रकार पत्रकार महासङघको  दिल्ली शाखा स्थापना गर्नेलक्ष्य सहित नेपाली आवाज दैनिकका सम्पादक लोकेश शाहको नेतृत्वको त्यहाँ कार्यरत नेपाली मुलका सञ्चाकर्मीहरुहरुको टोलीलाई राजधानीमा पत्रकारमहासङघ  काठमाडौंका उपाध्यक्ष श्रीजन झाले समन्वयकारी भूमिका  निर्वाह गर्नु भएको छ ।  उपाध्यक्ष झाले  शाखाका सभासद योगेन्द्र प्रताप शाही तथा  सहकर्मी  प्रविन  श्रेष्ठको अद्दितिय सहयोगमा  उक्त समन्वयकारी भूमिका  निर्वाह गर्नु भएको हो ।

  यसवीचमा पत्रकार महासङघका केन्द्रीय अध्यक्ष डा .महेन्द्र विष्ट,सल्लाहकार पोषण केसी लगायतका जिम्मेवार व्यक्तित्वसङग  भेटवार्ता सहित  आगामी   बैशाख १३ गते दिल्लीमा आयोजना हँने  एकविशेष कार्यक्रमका वीच महासङघको  दिल्ली शाखा घोषणा गर्ने प्रस्तावित  लक्ष्यलाई  मूर्तता प्रदान गर्ने  वतावरण  तय गरिएको थियो ।

यसैवीच संयोग नै मान्नु पर्छ  विगत चारवर्षयता देखि भारतका लागि नेपालका राजदुत नियुक्त हुन नसक्दा खल्लो पनलाइ मेटदै  नेपाल भारतको  सम्बन्धमा नयाँ आयाम थप्दै राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा भुटानको समेत जिम्मेवारी सम्हाल्न गरी भारतका लागि कांग्रेस नेता दीपकुमार उपाध्यायलाई राजदूत नियुक्त गर्नु भएको छ ।

 हुनत  नवनियुक्त राजदुत उपाध्याय गत शुक्रबारनै कार्यभार सम्हाल्न नयाँदिल्ली 11095222_10202615193939740_1455336747_nगईसक्नुभएको  छ । तर यसअघि काठमाडौं  काँग्रेसका कार्यवहाक सभापति एवम् युवा नेता लोकेश ढकालको  नेतृत्वमा रहेको  दिल्लीमा कार्यरत नेपाली मुलका सञ्चाकर्मीहरु क्रमस  देवेन्द्र कुँवर, विके कृष्णा सहितको प्रतिनिधीमण्डलले भारतका लागि नवनियुक्त राजदुत दीपकुमार उपाध्यायको निवासमा विशेष भेटवार्तागदै बैशाख १३ गते दिल्लीमा आयोजना हँने  नेपाल गरीमा अवार्डको  प्रमुख आतिथ्यताको लागि  विशेष आग्रह सहितको  निमन्त्रणा दिनुभएको थियो  ।

त्यस्तै भेटवार्ताको क्रममा पत्रकार महासङघ काठमाडौंका उपाध्यक्ष श्रीजन झा, सभासद योगेन्द्र प्रताप शाही समेत  सहभागि  दिल्लीमा कार्यरत नेपाली मुलका सञ्चाकर्मीहरुहरुको टोलीसङग उहाँले नेपाल र भारतबीचको कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप उचाइमा  पुर्याउन काम गर्ने बताउँदै विद्यमान  नेपाल-भारतवीचको  सुमधुर सम्बन्धलाई  थप  निखारता दिन प्रयास गर्ने बताउँनु भएको छ ।

त्यस्तै दुई देशवीच भएको  सम्झौता र प्रतिबद्धतालाई तत्काल सूची बनाएर काम बढाउन पहल गर्नुको अलावा    सीमाको क्षेत्रमा भएका कामलाई अन्तिम रूप दिने, दुईपक्षीय विद्युत् प्रसारण लाइनलाई समयमा सम्पन्न गरेर जलविद्युत्मा लगानीको बाटो खोल्नुको अलावा सीमामा नेपालीले भोग्दै आएका समस्याको दिगो समाधान खोज्ने प्रतिवद्धता व्यक्त गर्दै आफु  दलको नभई मुलुकको राजदूत हुँ  यही भावनाले काम गर्नेछु र सबैसँग समन्वय गर्दै राजनीतिक सम्बन्धलाई थप प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031