सोमवार, चैत्र १३, २०७९

भक्तपुरमा ऐतिहासिक बिस्केट जात्रा आजदेखि सुरु

भक्तपुर चैत्र २७,  नयाँ वर्षको आगमनसङगै भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाईने प्रसिद्घ एवम ऐतिहासिक बिस्केट जात्रा  आजदेखि सुरु भएको छ । आज जात्राको पहिलो दिन तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी क्षेत्र तर्फ तानि रथलाई तल्लो क्षेत्रमा गःहिटी पु-याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ ।

त्यसपछि चैत्र मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाई वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा ठूलो मेला लाग्ने गर्दछ ।

बिस्केट जात्राको किम्बदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पु-याउने मलामी गुठी नै स्थापना गरेका थिए ।
अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने ।

यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031