बुधबार, बैशाख १२, २०८१

आज साँझ ६ बजेर १२ मिनेट देखि खण्डग्रास चन्द्र ग्रहण लाग्ने

काठमाडौ चैत्र २१,  चैत शुक्ल पूर्णिमाको दिन आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । काठमाडौं उपत्यकाबाट साँझ ६ बजेर १२ मिनेट देखि १९ ३० बजेसम्म ग्रहण देख्न सकिनेछ । नेपालसहित पूर्वी एसिया, पश्चिम तथा उत्तर अमेरिका, न्यूजिल्याण्ड, अष्टे«लियाबाट पनि खण्डग्रास चन्द्रग्रहण  grahanदेखिने ज्योतिषहरुले बताएका छन् । ग्रहण लागेका बेला चन्द्रमालाई सीधा आँखाले हेर्न सरोकोरवाला विज्ञहरुले बताएका छन ।

ज्योतिष शास्त्रका विज्ञहरुका अनुसार आजको यो खण्डग्रास चन्द्रग्रहणको फलादेश अन्र्तगत १२ राशिहरुमध्ये क्रमस मेष राशिलाई सुख , वृषलाई चिन्ता , मिथुनलाई व्यथा ,कर्कटलाई श्रीप्रप्ती त्यस्तै गरि सिंहराशिलाई क्षति, कन्यालाई घात, तुला लाई व्यय, वृश्चिक लाई लाभ, धनुलाई सुखमको योग परेको छ भने मकर राशिलाई माननास कुम्भलाई कष्ट र मिन राशि भएकाहरुलाई स्त्रीपिडाको योग रहेको बताएका छन ।

त्यस्तै पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको रुपमा व्यख्या गरिएको छ ।  यसरी चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। ग्रहणको समयमा  वालक वृद्ध अशक्त र आतुरबाहकलाई  भोजन गर्नु    हितकर नहुने  धार्मिक विस्वास रहि आएको छ