मङ्लबार, बैशाख ४, २०८१

हड्तालको नाममा सर्वसाधारणलाई अनाहकमा सास्ती, चालकलार्इ भित्रै राखेर ट्याक्सी आगजनी

काठमाडौ चैत्र २४   एनेकपा माओवादी नेतृत्वको ३० दलीय वीपक्षीमोर्चाले आव्हान गरेको आजको आम हड्तालका कारण आम सर्वसाधारण जनताले अनाहकमा सास्ती खेप्नु परेको छ । बन्दकर्ताले आज बिहान त्रिभुवन विमानस्थलमा आफन्तलाई पु¥याएर ललितपुरतर्फ फर्किरहेका नीरज बानियाँको bandha-aja-602x256बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५ः१५ बजे कोटेश्वर क्षेत्रमा पेट्रोल छर्किएर चालकलार्इ भित्रै राखेर आगजनी आगजनी गर्नुको साथै अन्य केही सवारीसाधनको तोडफोड गरेपछि सवारीसाधन निकै कम चलेका छन ।
त्यस्तै जिल्ला जिल्लाबाट सोेमवार रात्रीबसबाट राजधानी प्रवेश गरेका यात्रु स्थानीय रुटका सवारीसाधन र ट्याक्सी नचल्दा गन्तव्यमा पुग्न नपाएर यात्रुहरु कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायत क्षेत्रमा ठूलो सङ्ख्यामा अन्योलमा परेका छन् भने अर्कोतर्फ साथमा रहेको झोलातुम्ला र केटाकेटीको व्यवस्थापन गरेर गन्तव्यमा पुग्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको देखिन्छ ।

त्यसो त आन्दोलनकारीबाट हुनसक्ने तोडफोडलगायत कार्यलाई निस्क्रिय तुल्याउन र शान्तिसुरक्षा कायम गर्न सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको भएपनि सर्वसाधानमा एक किसिमको त्रासको वातावरण देखिएको छ ।  यद्यपी बन्द तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाबाट अहिलेसम्म १५ आन्दोलनकारीलाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालयलेजनाएको छ ।

यसैवीच क्रममा आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । ।
उनिहरुले बन्दको अवज्ञा गरेको भन्दै जलेश्वर नगरपालिका चौकमा ज।१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेको बुझिएको छ । हुन् ।