शुक्रबार, चैत्र १६, २०८०

सोमबार बस्ने विधानसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिने

काठमाडौ चैत्र २९,   संविधानसभाको भोलि सोमबार अपराह्न ३ बजेकालागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ । पूर्वमन्त्री 2852_123एवम् सांसद् सलिममियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव मात्रै बैठकमा पेस गरिने संविधानसभा सचिवालयले जनाएको जनाएको छ ।

पूर्वमन्त्री मियाँको शनिबार त्रिभुव�� विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो । पूर्वमन्त्री एवम् सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने भएकाले सोमबारको बैठकमा अरू कुनै पनि कार्यसूची नरहेको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारीदिनुभएको हो।

यसअघि यही चैत २३ गते बसेको बैठकसमेत पूर्वसांसद रामनाथ ढकालको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै स्थगित भएको थियो ।