बिहिबार, बैशाख १३, २०८१

सूचना आयोगमा हेल्पलाइन

काठमाडौ चैत्र ३०,  राष्ट्रिय सूचना आयोगले सुरु गरेको हेल्पलाइनको आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले एक कार्यक्रमकावीच उद्घाटन download (1)गर्नुभएको छ । नव वर्षको सुभारम्भ देखिनै विधिवत पूर्णरुपमा सञ्चालन हुने उक्त हेल्पलाइनबाट सूचना माग गर्ने विधि, निवेदन दिने तरिका, दस्तुरसम्बन्धी जानकारी र सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने विधिसम्बन्धी जानकारी प्राप्त गर्न सकिने आयोगले जनाउँदै प्रस्तुत सेवाको लागि आयोगको टेलिफोन नम्बर ४६००७६८ बाट सेवा प्रवाह गरिने जनाएको छ ।

हाललाई कार्यालय समयमा मात्र सेवा प्रवाह हुने जानकारी दिँदै उहाँले हेल्पलाइनमा सूचनाको हकसम्बन्धी सबै सूचना माग गर्न सकिने हुँदा सूचना मागकर्ता, सूचना प्रदान गर्ने निकाय र आयोग सबै लाभान्वित हुने आयोगले अपेक्षा गरेको छ ।