शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा ११ गते देखि रामदेवको ५ दिने योग शिविर

४० हजार सहभागीलाई निःशुल्क प्रवेश पास

काठमाडौं वैशाख ५,  पतञ्जली योगपीठको संयोजनामा आगामी वैशाख ११ गतेदेखि १५ गतेसम्म राजधानीको टुँडिखेलमा योगर्षि रामदेव र आयुर्वेद आचार्य बालकृष्णको उपस्थितिमा योग विज्ञान शिविरको आयोजना गर्ने गरिने भएको छ । त्यस्तै योग विज्ञान शिविरका लागि ४० हजार निःशुल्क प्रवेश Ramdev पासको व्यवस्था गरिएको जानकारी दिदै आयोजक संस्था पतञ्जली योगपीठले प्रवेश गत पास विहीबारदेखि पतञ्जली सेवा केन्द्र, मारवाडी सेवा समितिलागयतका केन्द्रलगायत वितरण गरिएको जनाएको छ।

साथै केन्द्रकाअुसार शिविरमा बिहान सवा ५ बजेदेखि पौने ८ बजेसम्म सन्चालन हुने र प्रस्तुत योगाभ्यासमा सर्वसाधारणको सुविधाका लागि बिहान ३ बजेदेखि नै शिविरस्थलको प्रवेशद्धार खुल्ला रहने व्यवस्था गरिएको जनाएँदै राजधानीबाहिरबाट पनि शिविरमा सहभागी हुन सजिलो होस् भनेर यातायात व्यवसायी महासंङघले पनि बिहान ३ बजेदेखि नै सार्वजनिक यातायातका साधन सन्चालन गर्ने तयारी गरेको जानकारी दिएका छन । शिविर मूल आयोजक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले पाँचदिने योग शिविरको व्यवस्थापनका लागि एक करोड ७५ लाख रुपैयाँ सङकलन गरिएको जानकारी दिए । उनले स्वेच्छाले दान दिन चाहने दाताहरुले प्रवेश पास लिने बेलामा पनि शिविरका लागि आर्थिक सहयोग गर्नसक्ने जानकारी दिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031