शुक्रबार, बैशाख ७, २०८१

युनियनको सहकार्यमा आइएफजेले पत्रकार क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने

काठमाडौ वैशाख ८,  अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजे र नेपाल प्रेस युनियनले नेपाली पत्रकारको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने भएका Captureछन् ।  नेपाल भ्रमणमा रहेका महासङ्घका उपनिर्देशक तथा परियोजना निर्देशक जेन वथिर्थटनले युनियन केन्द्रीय समितिका पदाधिकारीसङग आज गरेको भेटवार्ताको क्रममा महासङ्घका अन्य सदस्य संस्थासङगै प्रेस युनियनका सदस्यलाई पनि डिजिटल क्याम्पेन प्रशिक्षण गरिने त्यसअवसरमा बताउनुभएको युनियनलेजारी गरेका विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै भेटवार्ताको क्रमम युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाली पत्रकारले भोग्नुपरेका समस्या तथा ती विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन आग्रह गर्नु भएको थियो ।
त्यस अवसरमा उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष इश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटी, केन्द्रिय सदस्य माधव धिताल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रकाश तिमिल्सिना, प्रेस युनियनका सदस्य अखिल सिटौलाको सहभागिता थियो। भेटमा महासंघका दक्षिण एशिया संयोजक उज्वल आचार्य पनि सहभागि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031