बिहिबार, बैशाख १३, २०८१

महाअभियानको १०० औं  हप्ताको अवसरमा शनिबार मानव साङ्लो प्रदर्शन गरिने

काठमाडौ चैत्र २७,  बाग्मती नदीको सरसफाइका लागि आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित २०७० जेठ ५ गते शनिबार गुह्श्वरीबाट photossssssतत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले महाअभियानको शुभारम्भ गर्नुभएको बाग्मती सरसफाइ महाअभियान शनिवार १०० औं हप्तामा पुगेको छ । यसै अवसरमा भोलि विशेष कार्यक्रमका रुपमा शनिबार सुन्दरीघाट–चोभार–गोकर्णका १३ खण्डमा २८ किलोमिटर नदीको दुवै किनारामा ५६ किलोमिटर लम्बाइमा ‘मानव साङ्लो’ बनाइने तयारी भएको छ ।

कार्यक्रमको सुभारम्भमा बिहान ६ः३० देखि ७ः१५ सम्म तोकिएका खण्डमा जम्मा हुने, ७ः१५ देखि ७ः१७ सम्म राष्ट्रिय गान, त्यसपछि कार्यक्रममा सहभागीले “म मेरो बासस्थान र वरिपरि÷कार्यस्थल र वरिपरि÷तथा नदीनालाहरू सफा राख्छु र बाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु भन्ने वाक्याम्स सहितको शपथ र बाग्मती नदीमा फोहर फाल्दैनौँ र फाल्न दिँदैनौ भन्ने सन्देश सहितको नारा, ७ः३० देखि ८ बजेसम्म मानव साङ्लो निर्माणको तयारी, ८ बजेदेखि ८ः१५ सम्म मानव साङ्लोमा आबद्ध हुने, ८ः१५ देखि ९ बजेसम्म नदी किनारामा सरसफाइ र ९ बजे समापनको कार्यक्रम तय गरिएको छ ।

त्यस्तै महाअभियान नेतृत्वकर्ता तथा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले अभियानमा सहभागी हुन सम्पूर्ण उपत्यकावासीलाई सरसफाइ महाअभियानले सार्वजनिक अपिल गरेको छ ।